आगलागी पीडित उद्योगीलाई घरेलु महासंघको सहयोग « Khabarhub

आगलागी पीडित उद्योगीलाई घरेलु महासंघको सहयोग


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरङको आमबारीमा सञ्चालित ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा सन्चालित ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भइ पीडित एकजना ग्रील व्यवसायीलाई आर्थिक सहयोग वितरण गरेको छ ।

घरमा भएका सरसामान लत्ताकपडा गरगहना लगायत सबै सामानहरु जलेर नस्ट भइ पीडित ग्रील तथा स्टील ब्यवसायी सघ मोरङका पूर्व उपाध्यक्ष रहिसकेका ग्रील ब्यवसायी शिबराज राजबशीलाई सहयोग हस्तान्तरण गरिएको हो ।

तत्कालका लागि राहत पुग्ने गरी नेपाल घरेलु तथा साना उद्योग महासघ मोरङ शाखाको पहलमा अध्यक्ष चेतन निरौलाले नगद ४५ हजार पाँंच सय रुपैया प्रदान गरे । महासघमा आवद्ध उद्योगी ब्यवसायीहरुलाई सकट परेको बेला र ब्यवसायीका समस्याहरु सम्बोधन गराउन महासघ सधै लागिपर्ने त्यस अवसरमा उनले बताएका थिए ।

महासघकै पहलमा घरेलु तथा साना उद्योग कार्यालय मोरङबाट प्रबिधि हस्तान्तरण स्वरुप दुई लाख बराबरको मेसिनहरु पनि हस्तान्तरण गरियो । साथै बन कार्यालयबाट २ लाख ५० हजार बराबरको काठ उपलव्ध गराइयो । साथसाथै जिल्ला प्रशासन कार्यालयबाट नगद रु ३० हजार सहयोग उपलब्ध गराउने भएको जनाइएको छ । स्थानीय सरकार मार्फत पनि सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष निरौलाले त्यस अवसरमा गराए ।

सोही कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी सघ मोरङ शाखाबाट सघका अध्यक्ष बिनोद ढकालले पीडितलाई नगद रु ४३ हजार पाँंच सय एक रुपैयाँं प्रदान गरेका थिए ।

सहयोग रकम बुझ्दै पीीडत राजबशीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै लघु घरेलु तथा साना उध्योगीहरुको एक मात्र छाता सगठन नेपाल घरेलु तथा साना उध्योग महासघ र ग्रील तथा स्टील ब्यवसायी सघ मोरङप्रति आफू सदैब सकृय सदस्यको रुपमा लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा घरेलु महासघ मोरङ र ग्रील सघ मोरङका पदाधिकारी सदस्य र पीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : २३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर