भारतमा लोकसभा चुनाव – हालसम्म ५० करोड ७२ लाखले गरे मतदान « Khabarhub

भारतमा लोकसभा चुनाव – हालसम्म ५० करोड ७२ लाखले गरे मतदान


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा भइरहेको १८औं लोकसभा चुनावमा हालसम्म ५० करोड ७२ लख ९७ हजार २८८ जनाले मतदान गरेका छन् ।

त्यहाँको चुनाव आयोगले चुनावको पाँचौं चरणसम्म कूल मतदाताको ६२.२० प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

अप्रिल १ देखि शुरु भएको मतदान सात चरणमा सम्पन्न हुनेछ । पहिलो चरणको मतदान १९ अप्रिल र पाँचौं चरणको मतदान २० मे मा भएको थियो । निर्वाचन नतिजा ४ जुनमा सार्वजनिक गर्ने चुनाव आयोगले जनाएको छ ।

पहिलोदेखि पाँचौं चरणसम्म भारतका ५४३ मध्ये ४२८ लोकसभा सीटका लागि मतदान प्रक्रिया पूरा भएको छ । आज (मे २५) मा छैठौं चरणको मतदान भइरहेको छ ।

चुनाव आयोगले समयमै मतदानसम्बन्धी तथ्याङ्क सार्वजनिक नगरेपछि विपक्षीहरूले सवाल उठाइरहेका थिए । मताधिकार प्रयोग गरेका मतदाताको आंकडा सार्वजनिक गर्न आयोगमाथि दबाब परिरहेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ६ : ५६ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले