बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि « Khabarhub

बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ।

मन्त्रालयले आजदेखि जेठ २६ गतेसम्म दुई साता चल्ने अभियानका क्रममा पहिला छुटेका बालबालिकालाई नछुटाउन अपिल गरेको छ ।

विश्वव्यापी रूपमा अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाएका थिएनन् । त्यस बेला खोप नपाएका बालबालिकामा भोलिका दिनमा पनि पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले २०७३ देखि २०७५ असोजसम्म बीचमा छुटेकाबाहेक अरू जसले आईपीभी खोप लिइसकेका छन् उनीहरूले अहिले यो खोप लगाउनुपर्दैन ।

अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ । यो अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारले २०७१ सालदेखि पोलियोविरुद्ध सुईबाट खोप दिन थालेको हो। यसअघि सुईका साथै मुखबाट पनि थोपाजन्य खोप दिइँदै आएको थियो। पोलियोबाट बच्न यी दुवैखाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ ।

नेपालमा सन् २०१० मा अन्तिम पटक महोत्तरीमा पोलियो देखिएको थियो। त्यसपछि नदेखिए पनि नेपालका छिमेकी राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र विश्वका अन्य मुलुकमा अहिले पनि पोलियो संक्रमण देखा परेकाले नेपालसमेत जोखिममा रहेको र विश्वभरिबाट उन्मूलन हुन नसकेकाले पोलियो खोप नियमित रूपमा बालबालिकालाई दिइँदै आएको हो ।

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ९ : ५८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी