संसद्‍मा स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदहरूको झन् चर्को आक्रोश « Khabarhub

संसद्‍मा स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदहरूको झन् चर्को आक्रोश


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले आइतबार बसेको संसद् बैठकमा बोल्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदहरू झन् बढी आक्रोशित भएका छन् ।

रास्वपा सभापति रवि लागिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले छानबिन समिति माग गरेको छ । कुनै बेला नेपाली कांग्रेसमा रहेका वाग्ले २०८० को उपनिर्वाचनमा तनहुँबाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनले त्यसबेला नेपाली कांग्रेसका डा. गोविन्द भट्टराईलाई हराएका थिए ।

कांग्रेसले वेल घेराउ गरेर नाराबाजी गरिरहेका बेला वाग्लेले नीति तथा कार्यक्रकबारे बोल्न रोष्ट्रममा पुगेपछि कांग्रेस नेताहरू थप आक्रोशित भएर नाराबाजी गरेका हुन् ।

कांग्रेसको नाराबाजीबीच वाग्लेले भने, ‘असहज वातावरणमा बोल्नु पर्ला जस्तो लागेको थिएन । मेरा राजनीतिक आदर्शलाई स्थापित गर्नुको साटो लज्जास्पद अवस्था भयो । संसदीय छानबिन समिति बनाउन हाम्रो कुनै असहमति छैन । तर व्यक्तिगत समिति बन्दैन । औचित्यहीन कर्मकाण्डको खेद प्रकट गर्छु ।’

वाग्लेले यसोभन्दा सभामुख देवराज घिमिरेले विषयमा प्रवेश गरेर बोल्न भनेका थिए । नीति तथा कार्यक्रमबारे छलफलमा कांग्रेसप्रति वाग्ले खनिएपछि सदनमा अझै नाराबाजी देखिएको हो ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १ : ०५ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)