रौतहटमा नेपाल प्रहरी श्रीमती संघद्वारा छात्रवृत्ति वितरण « Khabarhub

रौतहटमा नेपाल प्रहरी श्रीमती संघद्वारा छात्रवृत्ति वितरण


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल प्रहरी श्रीमती संघले रौतहटको गरुडास्थित प्रहरी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरेको छ ।

‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाल प्रहरी श्रीमती संघले प्रहरी विद्यालय जिंगडियामा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले संघ स्थापनाकालदेखि नै सेवा मन्त्रलाई आत्मसाथ गर्दै सेवामूलक कार्यहरू गर्दै आइरहेको बताएकी छिन् ।

विपद् व्यवस्थापनको क्षेत्र अथवा जुन अवस्थामा पनि संघले सधैँ सकारात्मक कार्यहरू गर्दै आएको उनले बताइन् ।

उनले प्रहरी विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राहरूलाई संघले विशेष प्राथमिकतामा राखेर ३० जनालाई छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष कुँवरले प्रहरी विद्यालयको लाइब्रेरीका लागि पाठ्यपुस्तक तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख तथा डिआइजी यज्ञ विनोद पोखरेलले रौतहटमा २२ वर्षअघि स्थापना भएको प्रहरी विद्यालय जिल्लामा उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुन सफल भएको बताएका थिए ।

शिक्षाको ज्योति नेपाल प्रहरीका सन्तानलाई मात्र नभई सर्वसाधारण सबै नेपालीका छोराछोरीले पाइरहेकोमा आफू गौरवान्वित भएको डिआइजी पोखरेलको भनाइ थियो ।

उक्त अवसरमा रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, डिएसपीद्वय ओमप्रकाश खनाल र गौरव महत, विद्यालयका समादेशक इन्स्पेक्टर पप्पु नायक, नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय सचिव, सहसचिव, मधेश प्रदेश अध्यक्ष लगायतका नेपाल प्रहरीका अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : ४९ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा