आईपिएल २०२४ : सुनिललाई प्लेयर अफ द सिरिजको उपाधि, कसले के पाए ? « Khabarhub

आईपिएल २०२४ : सुनिललाई प्लेयर अफ द सिरिजको उपाधि, कसले के पाए ?


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार राति फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथि ८ विकेटको जितसहित उपाधि उचालेपछि २०२४ को इन्डियन प्रिमियर लिग (आईपिएल)को रौनकता सकिएको छ। १७ औं संस्करणको आईपिएलमा आइपुग्दा टी-२० क्रिकेटमा केही महत्त्वपूर्ण रेकर्ड बनेका छन्।

यो सिजनको आईपिएलमा समूह चरणका खेल जति रोचक भए क्वालिफायर खेल त्यत्ति रोचक बन्न सकेनन्। समूह चरणमा आक्रामक देखिएका केही टिम क्वालिफायरमा कमजोर देखिए। कोलकाताले भने आक्रामक ब्याटिङ र बलिङलाई निरन्तरता दिँदै उपाधि उचाल्यो।

कोलकाताका लागि यो आईपिएलको तेस्रो उपाधि हो। यसअघि कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गरेको थियो भने सन् २०१२ मा चेन्नई सुपर किंग्समाथि ५ विकेटको जित निकालेको थियो।

यो सिजनको प्लेयर अफ द फाइनल अवार्ड कोलकाताका मिचेल स्टार्कले पाएका छन्। उनले फाइनलमा तीन ओभर बलिङ गर्दा मात्र १४ रन दिएर महत्त्वपूर्ण दुई विकेट हात पारे।

फाइनल नखेलेका र समूह चरणबाटै बाहिरिएका टिमका केही खेलाडीले महत्त्वपूर्ण उपाधि पाएको यो सिजनको आईपिएलमा कसले के अवार्ड पाए ? अवार्ड र यो सिजनको आईपिएमा क्रिकेट शक्ति भारतसहित टेस्ट राष्ट्रका लागि उदियमान केही खेलाडी देखिएका छन्।

यो सिजनमा विजेता कोलकाता बन्दा उपविजेता सनराइजर्स हैदरावाद बनेको छ। समूह चरणका अन्तिम ६ खेलमा लगातार जित निकाल्दै इलिमिनेटरमा राजस्थान रोयल्ससँगको भेट पक्का गरेको रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)का विराट कोहलीले सर्वाधिक रनको उपाधि पाएका छन् भने पञ्जाब किंग्सका हर्षल पटेलले सर्वाधिक विकेटको क्याप जितेका छन्।

उपाधि विजेता कोलकाताका सुनिल नारायनले प्लेयर अफ द सिरिज पाएका छन्। कुल ४८८ रन बनाएका उनले १५ खेलमा १७ विकेट हात पारेका थिए।

यता हैदरावादका ट्रेभिस हेडले सर्वाधिक चौकाको उपाधि पाएका छन्। उनले १५ खेलमा ६४ चौका प्रहार गरेका हुन्। हैदरावादकै अभिषेक शर्माले ४२ छक्काको उपाधि जितेका छन्।

यो पटक इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको उपाधि हैदरावादकै नितिश रेड्डीले पाउँदा उत्कृष्ट स्ट्राइक रेट जेक फ्रेजर–म्याकगुर्कले पाए। दिल्ली क्यापिटल्सका म्याकगुर्क २३४.०४ रेट बनाए। ९ खेलमा उनले चार अर्धशतक बनाउँदा ३२ चौका र २८ छक्का प्रहार गरेका थिए।

 

क्याच अफ द सिजन रमनदीप सिंह बने भने फेयर प्ले, पिच र ग्राउन्ड अवार्डसमेत हैदरावादले पाएको छ।

यो पनि पढ्नुहोस्

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ८ : ०१ बजे

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु