टीओआर टुंग्याउन बसेको बैठक निष्कर्षविहीन, सत्ता पक्ष र विपक्षी आन्तरिक छलफलमा « Khabarhub

टीओआर टुंग्याउन बसेको बैठक निष्कर्षविहीन, सत्ता पक्ष र विपक्षी आन्तरिक छलफलमा


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेश तय गर्न बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीसहित सत्तापक्षका शीर्ष नेताहरुसँगको छलफलमा कांग्रेस लचिलो भएर प्रस्तुत भएको सहमहामन्त्री तथा कार्यदल सदस्य जीवन परियारले जानकारी दिए ।

उनले जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले कांग्रेस सत्तापक्षसँग लचिलो भएर प्रस्तुत भएको तर सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ ।

‘सेफ ल्यान्डिङ गरेर जाऔँ । भोलि संसदमा बजेट प्रस्तुत गर्ने दिन छ, यस कारणले आज साँझसम्म टुंग्याउँ भनेर हामी अलि लचिलो भएर अगाडि बढेका छौँ,’ बालुवाटारबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग भने ।

प्रतिपक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षसँग बसेर धारणा बनाउने र साँझसम्म टुंग्याउने बताएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यूले दुबैतर्फको राय लिनुभएको छ । हामीले भनेको कुराहरु सत्तापक्षसँग राख्दै हुनुहुन्छ । उताबाट आएको कुरा हामीसँग राख्नुहुन्छ,’ परियारले भने, ‘प्रधानमन्त्रीज्यूले सत्ता पक्षसँग बसेर धारणा बनाउँछौँ, साँझसम्म बसेर अन्तिम टुंगोमा पु¥याउँछौँ भन्नुभएको छ ।’

सत्तारुढ दलका शीर्ष नेताहरूसँग कुरा नमिलेपछि कांग्रेसले दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएको छ । अहिले सत्तापक्ष नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन्।

 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  १२ : ०९ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय