उपेन्द्रका दुवै रिट प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश मुसलमानको इजलासमा, सुनुवाइ सम्भावना न्यून « Khabarhub

उपेन्द्रका दुवै रिट प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश मुसलमानको इजलासमा, सुनुवाइ सम्भावना न्यून


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित दायर गरेको रिट प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

यसअघि जेठ ८ मा न्यायाधीश मुसलमानले नै सुनुवाइ गर्दै यादवले दायर गरेका दुईवटा रिटको सुनुवाइ एकै ठाउँ राख्न आदेश दिएका थिए ।

त्यसपछि सोमबार सुनुवाइका लागि प्रधानन्यायाधीशसहितको इजलासमा उक्त रिटको पेशी तोकिएको हो । तर , यादवले दायर गरेका रिटको सुनुवाइ सोमबार हुने सम्भावना कम छ । यादवले दायर गरेका दुवै रिट सुनुवाइका लागि २६ औँ र २७ औँ नम्बरमा पेशी चढाइएको छ ।

यस्तोमा यी दुवै रिटको सोमबार सुनुवाइको सम्भावना न्यून छ । यदि प्राथमिकताक्रममा अघिल्ला दर्जनबढी रिटको सुनुवाइ रोकिए मात्रै यादवको रिटको पालो आउन सक्छ ।

यादवले सर्वोच्चमा दुईवटा रिट हालेका थिए । उनल पहिलो रिट दल विभाजन गर्ने अशोक राईको निर्णयलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध हालेका थिए ।

त्यस्तै दोस्रो रिटमा अशोक राई नेतृत्वको दलका ७ सांसदलाई विश्वासको मत दिनबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट जेठ ७ गते नै विश्वासको मत लिइसकेका छन्।

यसअघि यादवले राई नेतृत्वको दल दर्ता अवैधानिक भएको बताउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले दल दर्ता प्रक्रिया जहाँ पुगेको छ, त्यही अवस्थामा राख्न आदेश दिइसकेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  १२ : १५ बजे

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ