नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच सम्झौता | Khabarhub Khabarhub

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच सम्झौता


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ ।

 व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो । 

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत  बर्सन्टेन रेचले हस्ताक्षर गरे ।

नेपाल इजरेल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरूको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्बन्धी कानुन र नियमहरूको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजिकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सम्झौता भएको छ । 

यस्तै नेपाल र इजरेलका  उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । 

वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ६ : ५१ बजे

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले