पुडासैनी प्रकरणमा रविले भने–’प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार’ « Khabarhub

पुडासैनी प्रकरणमा रविले भने–’प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार’


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको भावविह्वल भिडियो बाहिरिएपछि चर्चित सञ्चारकर्मी रवि लामिछानेले आरोप प्रमाणित भएमा हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् ।

विभिन्न सञ्चार माध्यमले पुडासैनीको भिडियो सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो कुरा राख्ने तयारी गरेका छन् । रविले शालिकरामलाई ठूलो भ्रम परेको बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको मोबाइलका डिलेट भएका सबै म्यासेज, अडियो, भिडियो र तस्बिरसमेत रिकभर गरिसकेको छ । पुडासैनीको मोबाइलबाट पठाइएका र प्राप्त भएका सबै टेक्स, अडियो–भिडियो र कलको विवरणका विषयमा नेपाल प्रहरीको केन्द्रीय डिजिटल ल्याबमा परीक्षण भैरहेको छ ।

ल्याब परीक्षणको प्रतिवेदनको अध्ययनपछि मात्र चर्चित सञ्चारकर्मी रवि लामिछानेले टर्चर दिएको वा नदिएको भन्ने विषय टुंगो लाग्नेछ । लामिछानेको टर्चर भएको आरोप मोबाइलमा फेला परेको भिडियो रिपोर्टमा छ । मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा पत्रकार लामिछानेसहित ३ जनाले धेरै नै टर्चर दिएको पुडासैनीले आरोप लगाएका छन् ।

पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको थियो । पत्रकार पुडासैनी साउन २० गते सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ०९ बजे

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

पाल्पा – साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ

प्रधानमन्त्री र श्रीलंकाली समकक्षीबीच ४ मिनेट टेलिफोन वार्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच

जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा, राष्ट्रप्रमुखको २७ वर्षपछि पहिलो राजकीय भ्रमण

लण्डन – जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले जर्मनीको राष्ट्रप्रमुखको रूपमा २७

सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर