कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै « Khabarhub

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स र इजरायल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ ।

व्यापारिक सूचना तथा अनुभव आदानप्रदान, व्यावसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रवद्र्धनलगायत १० विषयमा सहकार्यको आज सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र इजरायल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे ।

नेपाल इजरायल चेम्बरबीच भएको सम्झौताअनुसार आफ्ना सदस्यहरुको हितअनुकूल हुने गरी व्यापार तथा लगानीसम्बन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै, मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषय पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रवद्र्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ, ।’

यस्तै, नेपाल र इजरायलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एकअर्कोका देशमा गर्ने व्यावसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन(अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ८ : ३१ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल