ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने « Khabarhub

ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको चार दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।

गृहमन्त्री लामिछानेले त्यसको साटो मादक पदार्थ सेवन (मापसे) गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम्सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’

यो पनि…
महिला ट्राफिकको गुनासो : ड्युटीमै प्याड किन्न दगुर्नुपर्छ

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ११ : २२ बजे

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत