ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने « Khabarhub

ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको चार दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।

गृहमन्त्री लामिछानेले त्यसको साटो मादक पदार्थ सेवन (मापसे) गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम्सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’

यो पनि…
महिला ट्राफिकको गुनासो : ड्युटीमै प्याड किन्न दगुर्नुपर्छ

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ११ : २२ बजे

१८ प्लस प्राइभेट भिल्ला पार्टीको नाममा ठगी गर्ने भारतीय युवक पक्राउ

काठमाडौं- १८ प्लस प्राइभेट भिल्ला पार्टीको नाममा ठगी गर्ने एकजना

अमेरिकासँग तनावले मानसिक दबाबमा इरानी खेलाडी, भन्छन् : देशको झन्डा ओढेर खुसी दिन सक्छौँ

तेहरान- अमेरिकासँगको तनावका कारण इरानका खेलाडीहरू मानसिक दबाब झेलिरहेका छन्।

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा 

काठमाडौं– संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

मुस्ताङ– यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)

सांसद राना भन्छन् : ‘स्वर्णिम’ बजेटले किसान र विपन्नलाई हेरेन, गरिबको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याएन

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकारको बजेट ठूला लगानीकर्तामुखी