धावनमार्गमा युनाइटेड एयरलाइन्सको विमानमा आगलागी « Khabarhub

धावनमार्गमा युनाइटेड एयरलाइन्सको विमानमा आगलागी


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको युनाइटेड एयरलाइन्सको विमानमा अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दौडिरहेको बेला आगलागी भएको छ । 

यो एयरबस ए ३२० विमानको एउटा इन्जिनबाट धुवाँ निस्किरहेको देख्दा उड्नै लागेको थियो ।

यसलाई तुरुन्तै रोकियो र सबै १४८ यात्रु र ५ चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । दुर्घटनाका कारण विमानस्थलका सबै उडान ४५ मिनेटका लागि रोकिएको थियो ।

अमेरिकी मिडिया हाउस फक्स न्यूजका अनुसार एयरपोर्ट प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छ । 

अहिले उड्डयन अध्यागमन प्राधिकरणले सम्पूर्ण विषयको छानबिन गरिरहेको छ । एयरलाइन्सले यात्रुहरूसँग माफी मागेर उनीहरूका लागि अर्को उडानको व्यवस्था गरेको थियो। घटना भएको ४ घण्टापछि दोस्रो उडान उडेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : ४० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि