धावनमार्गमा युनाइटेड एयरलाइन्सको विमानमा आगलागी « Khabarhub

धावनमार्गमा युनाइटेड एयरलाइन्सको विमानमा आगलागी


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको युनाइटेड एयरलाइन्सको विमानमा अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दौडिरहेको बेला आगलागी भएको छ । 

यो एयरबस ए ३२० विमानको एउटा इन्जिनबाट धुवाँ निस्किरहेको देख्दा उड्नै लागेको थियो ।

यसलाई तुरुन्तै रोकियो र सबै १४८ यात्रु र ५ चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । दुर्घटनाका कारण विमानस्थलका सबै उडान ४५ मिनेटका लागि रोकिएको थियो ।

अमेरिकी मिडिया हाउस फक्स न्यूजका अनुसार एयरपोर्ट प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छ । 

अहिले उड्डयन अध्यागमन प्राधिकरणले सम्पूर्ण विषयको छानबिन गरिरहेको छ । एयरलाइन्सले यात्रुहरूसँग माफी मागेर उनीहरूका लागि अर्को उडानको व्यवस्था गरेको थियो। घटना भएको ४ घण्टापछि दोस्रो उडान उडेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : ४० बजे

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई