प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड « Khabarhub

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी वर्ष’का रुपमा मनाइने घोषणा गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१-०८२ को बजेटमा यस्तो घोषणा गरिएको हो । 

महिलामाथि हुने हिंसाविरुद्धको अभियानका रुपमा सरकारले महिला लगानी वर्ष मनाउने भएको हो । उनले महिला उद्यमीलाई प्रवर्द्धन गर्न ‘कोसेली घर’ समेत स्थापना गरिने बताएका छन्  । 

सरकारले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड विनियोजन गरेको छ । ‘युवा महिला राष्ट्रिय महिला’ कार्यक्रम आयोजना अघि सार्ने बजेट वक्तव्यमा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु एक अर्ब ६० करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै महिलाद्वारा उत्पादित सामग्रीको व्यावसायिक प्रोत्साहनका लागि चोभारमा बिक्री केन्द्र बनाइने, दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको हवाई उद्धार कार्यक्रम रहेको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता दिइने, महिला सशक्तीकरणका लागि राष्ट्रपति उद्यमी पुरस्कार घोषणा गरिने र खेलकुदमा महिला सहभागिता बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।  

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : १२ बजे

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज