विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने « Khabarhub

विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ ।

यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो ।

दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन लागेको हो ।

फुटबल महासंघले मैदानको अवस्था, फ्लडलाइट र समग्र प्राविधिक र भौतिक सुरक्षामाथि नै प्रश्न उठाएपछि खेल हुन नसकेको हो।

जेठ २४ गते हुने खेल साउदीको दमामामा रहेको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा स्थानीय समय अनुसार साँझ ७ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ६ : १० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई