मानव कंकालले बनेको अनौठो चर्च ! « Khabarhub

मानव कंकालले बनेको अनौठो चर्च !


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राग– इसाई धर्मावलम्बीहरुले प्रार्थाना गर्ने स्थान चर्च अत्यन्त पवित्र मानिन्छ । चर्चलाई पवित्र राख्न इसाईहरुले सकेसम्म प्रयत्न गर्छन् ।

तर, युरोपेली मुलुक चेक गणतन्त्रमा एउटा अचम्मको चर्च छ, जुन ४० हजार देखि ७० हजार मानव कंकालले बनाइएको छ । चेक गणतन्त्रको बोहेमिया क्षेत्रमा रहेको सेडलेक शहरमा रहेको चर्च मानव कंकालले बनाइएको छ ।

शुरुमा यो चिहानको रुपमा रहेको थियो । ब्लाक डेथ र हुसाइट युद्धका क्रममा यो चिहानघारीमा हजारौं मानिसहरुलाई गाडिएको थियो ।

त्यसपछि सन् १५११ मा यो चिहानलाई सुन्दर बनाउनका लागि यहाँ गाडिएका मानिसहरुको कंकालको प्रयोग गरी नयाँ चर्च बनाउनका लागि एकजना अर्धदृष्टिविहीन इसाई भिक्षुलाई जिम्म दिइएको थियो । त्यसपछि उनले त्यहाँ कंकालबाट सुन्दर चर्च निर्माण गरे ।

उक्त चर्च अझै पनि चेक गणतन्त्रको ऐतिहासिक धरोहरको रुपमा रहेको छ । यहाँ हरेक वर्ष लाखौं पर्यटकहरु भ्रमण गर्न आउने गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : १८ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने