स्पञ्ज आइरनमा समस्या देखिएपछि भन्सार दर पुनरावलोकन गर्‍यौँ : अर्थमन्त्री « Khabarhub

स्पञ्ज आइरनमा समस्या देखिएपछि भन्सार दर पुनरावलोकन गर्‍यौँ : अर्थमन्त्री


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय विवादित बनिरहेको स्पञ्ज आइनरमा यसअघि समस्या देखिएकैले भन्सारदर पुनरावलोकन गरिएको बताएका छन् ।

मंगलबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बुधबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रमा उनले यस्तो जवाफ दिएका हुन् ।

‘स्पञ्ज आइरनमा पहिले धेरै विचलन आयो भन्ने निष्कर्ष रह्यो । यसलाई ठीक गर्न भन्सारदर पुनरावलोकन गरिएको हो’, उनले भने,‘कोही मन्त्री या कर्मचारीले कुनै उद्योग या उद्योगीको अनुहार हेरेर निर्णय गर्न मिल्दैन ।’

कोही मन्त्री भनेर उनले यसअघिका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरतिर कटाक्ष गरेका थिए । ‘हामीले व्यक्तिविशेष या उद्योग विशेषभन्दा पनि नीति हेर्ने हो’, उनले भने, ‘स्क्य्राप -१ स्पञ्ज- २.५ बिलेट-५ सहित तीन स्ल्याबमा कर निर्धारण गरिएको हो । सबै उद्योग प्रतिष्पर्धी हुन्छन् भन्ने हाम्रो मान्यता हो ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : ०१ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने