एमालेको राष्ट्रिय महिला भेलामा आइपुगे ओली  « Khabarhub

एमालेको राष्ट्रिय महिला भेलामा आइपुगे ओली 


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगेका छन् । 

बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा आयोजित सो भेलामा आली पनि सहभागी भएका हुन् ।

भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला गरी ५ हजार प्रतिनिधि सहभागी छन् । 

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष ओली रहेका छन् । 

२०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावको रूपमा पास गरेको थियो। त्यसैको सेलिब्रेसन गर्ने भेला आयोजना गरिएको पूर्व मन्त्री विमला राई पौडेलको भनाइ छ ।

उनका अनुसार आज कार्यपत्र पनि प्रस्तुत हुने छ । कार्यपत्र राई र विद्या भट्टराईले बनाएका छन् । उक्त पत्रमा युगदेखि अहिले सम्मको महिला आन्दोलनको उपलब्धि समेटिएको बताइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : १७ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको