बेल्जियममा नेपाली 'फुड फेस्टिबल' सम्पन्न | Khabarhub Khabarhub

बेल्जियममा नेपाली ‘फुड फेस्टिबल’ सम्पन्न


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बेल्जियम– नेपाली खानालाई युरोपमा चिनाउने उद्देश्यले नेपाली ‘फुड फेस्टिबल’ अर्थात खाना महोत्सव  सम्पन्न भएको छ । साथै महोत्सवले नेपालमा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने आयोजकको अपेक्षा राखेको छ ।   

महोत्सवमा नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकार १४ वटा खानाका स्टलहरू राखिएको थियो । त्यस्तै, नेपाली हस्तकलाका सामग्रीका दुई वटा स्टलहरू थिए । 

बेल्जियम व्यवसायी संघका महासचिव जगदिश सापकोटाका अनुसार फेस्टिबलमा विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा र मसलाबारे जानकारी दिइएको बताए । 

उनले लुभेनमा १७०  भन्दा बढी देशका मानिसहर बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । 

उनले भने, ‘नेपाल र नेपालीसँगको सम्बन्ध भविष्यमा अझ बलियो हुनेछ ।’ बेल्जियम र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृतिको पहिचान र नेपाली आत्मीयता बेल्जियमबासिले सधैँ सम्झने गरेको बताए ।

राजदूत भण्डारीले भने, ‘फेस्टिबलमा खानाको अलावा नेपाली विभिन्न उत्पादनहरूको पनि प्रदर्शन गरिएको छ । यी कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छ ।’

युरोपियन युनियनका उपनिर्देशक पाउला पाम्पालोनी, बेल्जियम सांसद एवं परराष्ट्र सम्बन्ध समितिका सभापति एल्स भान होस लगायत १५ भन्दा बढी देशका राजदूत, बेल्जियम सरकार र युरोपियन युनियनका अधिकारीहरूको सहभागिता थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले फेस्टिबलले नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्नमा टेवा पुर्‍याउने बताइन् । 

त्यस्तै, नेपाली व्यवसायी संघ बेल्जियम तथा नेपाली फुड फेस्टिबलका अध्यक्ष चिरनकुमार खवासले यस्ता महोत्सवले दुई देशबीचको कूटनीतिक तथा सामाजिक सम्बन्ध बलियो बनाउने बताए । 

आयोजकको तर्फबाट फेस्टिबल संयोजक एवं उपाध्यक्ष कासी दनै, अध्यक्ष चिरनकुमार खवास र राजदूत राजभन्डारीले मायाको चिनो प्रदान गरेका थिए । नेपाली व्यवसायी संघ बेल्जियम, नेपाली राजदुताबास र अन्य संघसंस्थाहरुको संयोजनमा फेस्टिबल भएको हो । फेस्टिबल समारोहको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

महोत्सवमा नेपाली कला संस्कृति झल्कने नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । साथै, स्टल राखेकाहरुलाई सम्मान गरिएको थियो । महोत्सवमा २२ हजार बढीको सहभागिता रहेको आयोजकको दाबी छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ४ : ४१ बजे

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक

सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव

पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी

सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र,

सिरिजको निर्णायक खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं- स्कटल्याण्डमा जारी टी-ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले बलिङको