कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न « Khabarhub

कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

कालापत्थर– विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकाकी  रेस्लर  डानियल मोरिसन (डानी मो)बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती  खड्का विजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्  । 

हास्य कलाकारको प्रस्तुतिसहित हास्य कलाकार शिव शंकर रिजाल (जोगिन्दार पानवाला) ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए । मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ६ : ४२ बजे

रास्वपाका ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेश अधिवेशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक

काठमाडौँ – माइकल ओलिसको ह्याट्रिक मद्दतले फ्रान्सले विश्वकप २०२६ अघिको

रुद्राक्ष खेतीबाट राम्रो आम्दानी

भोजपुर – अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ