युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’ | Khabarhub Khabarhub

युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको निर्देशक घनश्याम लामिछानेले बताएका छन् ।

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र विषयमा जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले दर्शकको नजरबाट चलचित्र तयार गरिएको बताए । “यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो ।

सोहीअनुसार चलचित्र निर्माण गरेका छौँ । यहाँ हुने घटनाक्रम वास्तविकझैँ छन् । यो कथा नै लन्डनदेखि पेरिससम्मको भएकोले त्यस पृष्ठभूमिमा तयार गरेका छौँ”, निर्देशक लामिछानेले भने, “हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यसपटक पहिलेभन्दा अझ धेरै मिहेनत गरेर सबै पक्षलाई समेट्ने प्रयास गरेका छौँ ।”

बेलायतमा छायाङ्कन गरिएको यो चलचित्रमा पनि कुनै सम्झौता नगरेको उनको भनाइ छ । युवा पुस्तालाई प्रेम र यसको महत्व दर्शाउन चलचित्र सफल हुने लेखक प्रदीप भारद्वाजले बताए। उनले भने, “हामीले यसमा अपत्यारिलो लाग्ने दृश्यलाई जानेर नै हटाएका छौँ । चलचित्र कल्पनासँगै वास्तविकतासँग पनि नजिक हुनुपर्छ भन्ने सिद्धान्तमा रहेर यसको पटकथा तयार गरेको हुँ । यसमा अहिले युवापुस्तामा देखिने प्रेम र त्यसको समस्या छ ।”

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कथावस्तुकै कारण आफूले चलचित्रमा काम गरेको बताए । “यो हाम्रो पुस्ताको प्रेम कथा हो । मलाई प्रस्ताव आएपछि कथा पढ्दा कथा देखेको र पात्रसँग जोडिएको महसुस गरे । पात्र प्रवासी नेपाली भएकाले पहिरन र लवजमा धेरै मेहनत गर्न परेन । यसको केही दृश्य वा थोरै कथा मेरो जीवनसँग पनि मेल खान्छ”, अभिनेत्री शाहले भनिन् ।

चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन्। यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुआत गर्दै छन् ।। “मलाई सानैदेखि ठूलो पर्दामा देखिने रहर थियो । यहाँ नयाँलाई मौका पाउन सहज छैन तर यो समूहसँग काम गर्न पाउँदा निकै सहजताका साथ सपना पूरा गरे । अब यहाँ टिकिरहन सक्दो मेहनत गर्ने छु”, नवअभिनेता खड्काले भनिन् ।

चलचित्रमा अभेद परवले छायाङ्कन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत सिर्जना, सजु चन्दनले सम्पादन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ८ : ३८ बजे

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति