भीमफेदी कार दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो « Khabarhub

भीमफेदी कार दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीनमहिने छोरी अजिता भित्रीकोटीको मृत्यु भएको हो । नेपालीलाई उपचारका लागि बुधबार राति हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका उनले बताए। 

 दुर्घटनामा परी मृत्यु भएका कारका चालक काठमाडौँ चन्द्रगिरि नगरपालिका–१ दहचोक बस्ने ६१ वर्षीय सानु परियार रहेको प्रवक्ता भण्डारीले जानकारी दिए। उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६च ९३७९ नम्बरको कार बुधबार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका-८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरस्थित सहकारी अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए ।

 कार सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  १ : ४४ बजे

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६