खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी « Khabarhub

खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ मा खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन्।

गोजुरियो कराते दो सङ्घ सुदूरपश्चिमद्वारा आज धनगढीमा आयोजित मुख्यमन्त्री कप १०औँ इन्डो नेपाल च्याम्पियनसिपको उद्घाटन गर्दै मुख्यमन्त्री सोडारीले पूर्वाधार अभावमा खेलाडीलाई समस्या भएकाले प्रदेश सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिएर आवश्यक बजेट विनियोजन गर्ने बताए ।

उनले सुदूरपश्चिम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका थुप्रै खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे। 

मुख्यमन्त्री सोडारीले भने, ‘खेलकुद क्षेत्रमा सुदूरपश्चिम प्रदेशले फड्को मार्दै गएको छ । त्यसैले प्रदेश सरकारले बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्ने छ ।’ उनले प्रदेश सरकारको बजेट सीमित भए पनि खेलाडीको हौसला बढाउने किसिमले बजेट विनियोजन गरिने बताए । सुदूरपश्चिम प्रदेशलाई खेलकुदको हब बनाउन तीनै तहका सरकारले विशेष चासो राख्नुपर्ने मुख्यमन्त्री सोडारीले बताए । 

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छिमेकी मुलुक भारत तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका खेलाडी सहभागी छन् ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  २ : ५९ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका