तापक्रम बढ्दै गएपछि महोत्तरीका विद्यालय बन्द « Khabarhub

तापक्रम बढ्दै गएपछि महोत्तरीका विद्यालय बन्द


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ ।

जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको छ ।

 जिल्लाको तापमान उच्च हुँदै गएको र त्यसबाट विद्यालयमा पढ्ने स–साना बालबालिका प्रत्यक्ष रूपमा प्रभावित हुन थालेपछि नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरि चार दिनका लागि गर्मी बिदा दिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । 

त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिकाले पनि आजैदेखि लागू हुनेगरि आफ्नो नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको गाउँपालिकाका शिक्षा संयोजक राजकुमार साहले बताए । 

उनले गाउँपालिकाका सबै विद्यालयमा आज र जेठ १८ गते गरी दुई दिन आकस्मिक बिदा गरिएको बताए। साथै तापक्रममा अझै वृद्धि भए वा गर्मी बढी भएपछि पालिकाले पुनः बिदा थप गर्ने शिक्षा संयोजक साहले बताए ।

महोत्तरीमा केही दिनदेखि निरन्तर रूपमा ४० डिग्रीभन्दा माथि तापक्रम, तातो हावा र ‘लू’ चलेर जनजीवन प्रभावित भएको छ । 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ४ : ५५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि