याकचौँरी कृषक महासंघको अध्यक्षमा पावीहाङ राई « Khabarhub

याकचौँरी कृषक महासंघको अध्यक्षमा पावीहाङ राई


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- याकचौँरी कृषक महासंघको प्रथम महाधिवेशनबाट पावीहाङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

बुधवार र बिहीबार दुई दिन काठमाडौंको जोरपाटीमा भएको महाधिवेशनबाट भोजपुरका कृषक पावीहाङ राईको नेतृत्व १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको हो ।

कार्यसमिति उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा दोलखाका लालकुमार केसी, मुस्ताङका सोजन हिराचन, ताप्लेजुङका विशाल लिम्बू र सोलुखुम्बुका आङफुर्वा शेर्पा चयन भएका छन् ।

कार्यसमिति सदस्यमा मनाङका बेदबहादुर गुरुङ, ओखलढंगाकी माया शेर्पा, बाजुराका छिरिङ तोक्पे गुरुङ, सिन्धुपाल्चोका सर्की शेर्पा, हुम्लाका शुक्रबहादुर शाही, सोलुखुम्बुकी पेमा शेर्पा, जुम्लाकी हेमाकुमारी रोकाया बुढा र इलामका सुन्दर राई चयन भएका छन् ।

महाधिवेशनले सल्लाहकार समिति पनि चयन भएको छ । सल्लाहकार समितिमा रामेछापका दावा साङ्बु शेर्पा, मुगुका छुडिम लामा, मनाङका गमबहादुर गुरुङ, म्याग्दीमा प्रेमबहादुर पुर्जा पुन र ताप्लेजुङका खड्गबहादुर गुरुङ छन् ।

अध्यक्ष राईले नेपालका याक तथा चौँरी कृषकहरूका माग उठान, नीतिगत निर्णयका लागि दबाब तथा यस क्षेत्रको अध्ययन तथा अनुसन्धानमा काम गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : २४ बजे

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले गत आर्थिक वर्षमा चार

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा