राष्ट्रपति पौडेल आगामी जेठ ३१ गते स्विट्जरल्यान्ड र जर्मनी जाने « Khabarhub

राष्ट्रपति पौडेल आगामी जेठ ३१ गते स्विट्जरल्यान्ड र जर्मनी जाने

न्यायसेवाका तीनजना सहसचिवको सचिवमा बढुवा


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रम स्वीकृति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन जानेछन् । त्यसपछि उनी जर्मनीको भ्रमणमा जानेछन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव) पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा गरेको छ ।

उनीहरूलाई क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना गरिएको छ ।

मन्त्रिपरिषद्ले तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा‍ पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । आजैको मन्त्रिपरिषद्‍बाट वन दोस्रो संशोधन नियमावली २०२१ पनि स्वीकृत गरिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ८ : ०२ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा