जनैपूर्णिमाको विशेष परिकार क्वाँटी खाँदा यस्ता रोगबाट बच्न सकिन्छ « Khabarhub

जनैपूर्णिमाको विशेष परिकार क्वाँटी खाँदा यस्ता रोगबाट बच्न सकिन्छ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज (बिहीबार) श्रावण शुक्ल पूर्णिमा, अर्थात जनैपूर्णिमा । जनैपूर्णिमालाई रक्षा बन्धनको दिनसँगै क्वाँटी खाने दिनका रुपमा पनि लिइन्छ । आजकै दिनमा विशेष परिकारको रुपमा भिजाएर टुसा उमारिएको गेडागुडीलाई क्वाँटीको रुपमा खाने चलन पनि रहेको छ ।

क्वाँटी भनेको गेडागुडीलाई तातो र झोलिलो बनाएर खानु हो । आज क्वाँटी खानको लागि हरेक नेपालीहरुले आफ्नो घरमा दुई दिन अघिदेखि नै गेडागुडी भिजाएर टुसा उमारेका हुन्छन् । क्वाँटीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी बकुल्लो लगायतका ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ ।

आजको दिन प्राय हरेक नेपालीको घरमा क्वाँटी पाक्ने गर्छ । सायद तपाईंले पनि क्वाँटी पकाएर खाइसक्नु भयो होला । तपाईले खाएको क्वाँटीको फाइदा तपाईंलाई थाहा छ ? थाहा पाइराख्नुस् क्वाँटी खानु स्वास्थ्यका लागि निकै लाभदायीक छ ।

यस्तो छ क्वाँटी खानुको फाइदा

– क्वाँटीमा भिटामिन ए, बी र सिको मात्रा प्रचुर मात्रामा हुन्छ,

– क्वाँटी खादा कब्जियत, पाइल्स, फिस्टुला, फिसल लगायतको रोगबाट छुट्करा पाइन्छ,

– क्वाँटी नियमित खाएमा घाउहरु चाँडै निको हुन्छ,

– तौल नियन्त्रण गर्छ,

– हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ,

– हड्डी कमजोर हुने समस्याबाट राहात मिल्छ,

– महिनावारी हुनुभन्दा अगाडी सेवन गर्दा पेटदुख्ने समस्याबाट राहत मिल्छ,

– मधुमेह, बाथ, मुटु तथा रक्तनली सम्बन्धी रोगहरु लाग्नबाट बचाउँछ,

– रोग प्रतिरोधात्मक शक्ति बढाउछ,

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ,

– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ,

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ,

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ,

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ,

– पाचनशक्तिमा सुधार ल्याउँछ,

– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ११ : ५८ बजे

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा

लिङ्देन भन्छन् : धार्मिक सहिष्णुता बचाउन नेपाललाई संसारकै एक मात्र हिन्दु राष्ट्र बनाउनुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र