अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल « Khabarhub

अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।

अमेरिकासँगको प्रतिस्पर्धापछि नेपालले सिधै विश्वकप खेल्नेछ । विश्वकपको पहिलो खेल डालासकै मैदानमा नेपालले नेदरल्यान्ड्ससँग जुन ४ तारिखमा खेल्दैछ ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ मा बङ्गलादेशसँग खेल्दैछ ।

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ९ : ०४ बजे

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको

सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा गल्ती गर्ने छुट छैन : सुनिता डंगोल

काठमाडौं – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको