किसानलाई अनुदानमा ट्रयाक्टर वितरण | Khabarhub Khabarhub

किसानलाई अनुदानमा ट्रयाक्टर वितरण


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो ।

हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो ।

एउटा ट्रयाक्टरको मूल्य रु ५६ हजार परेको जसमा किसानले रु २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिए। सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँलिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो ।

‘सहकारीले उत्पादन जोड दिँदै आएको छ’, अध्यक्ष बरालले भने । खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ । कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन् ।

कार्यक्रममा असिना, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट तरकारी र फलफूल जोगाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलब्ध गराइएको तीन थान एक सय ५० मिटर जाली पनि वितरण गरिएको थियो । जालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : ५९ बजे

कार्यभार सम्हालेपछि राजुनाथले भने- पुरानो कुरा बिर्सिन चाहन्छु

काठमाडौं– काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन 

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै

सुर्खेतको कोपिला भ्याली स्कुल कसरी पर्‍यो विश्वकै उत्कृष्ट १० मा ?

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १०