सरकार सर्वसत्तावादको बाटोमा लाग्यो : डिला संग्रौला « Khabarhub

सरकार सर्वसत्तावादको बाटोमा लाग्यो : डिला संग्रौला


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी छन् । 

कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी हुन् । 

कांग्रेस केन्द्रीय सदस्य संग्रौलाले अहिले संघीयता बलियो बनाउने र नबनाउनेका बीच संघर्ष देखिएको पनि बताइन् ।    

‘आजको लडाइ संघीयतालाई बलियो बनाउने कि नबनाउने भन्ने बीच छ । बलियो बनाउने पक्षमा कांग्रेस उभिएको छ । अन्य दललाई पनि हामीले सहकार्य गरेका छौँं,’ उनले भने, ‘नबनाउने पक्षमा सर्वसत्तावादको बाटोमा विधि, ऐन र कानुन मिच्ने बाटोमा अहिलेको सरकार लागेको छ ।’ 

संग्रौलाले मुलुकमा समृद्धि र विकास दिने संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकसित र संस्थागत गर्दै लैजाने पद्धतिमा कांग्रेस उभिएको बताइन् ।
उनले कांग्रेसले निर्वाचन जितेका स्थानीय तहमा जनताका सवाल र जनजिविकालाई जोड्नु पर्नेमा जोड दिइन् ।  

‘हामी प्रदेश र संघमा प्रतिपक्षमा छौँ । जहाँ स्थानीय तहमा जित्नुभएको छ त्यहाँ जनताका सवाल जनजिविकालाई जोड्नै पर्छ,’ संग्रौलाले भनिन्, ‘त्यो अबको आवश्यकता हो ।’

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १२ : ३१ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।