उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान « Khabarhub

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन् । स्वास्थ्यमा समस्या देखिए पछि नेता सिंह शुक्रबार नयाँ दिल्ली गएका हुन् ।

‘स्वास्थ्यमा केही समस्या देखिएपछि उपचारका लागि नयाँ दिल्ली जानु भएको हो,’ स्वकीय सचिव युपी लामिछानेले बताए । उनका अनुसार नेता सिंहको प्रोस्टेटको समस्या छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सिंहले सुरुमा वीर अस्पतालमा जाँच गराएका थिए । वीरले उनलाई मेडिसिटी हस्पिटलका लागि रिफर गरेको थियो । उक्त अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम सिंह उपचारका लागि दिल्ली गएका थिए ।

नेता सिंहका स्वकीय सचिव लामिछानेले जेठ २१ गते शल्यक्रिया हुने जानकारी दिए । नेता सिंह यसअघि वैशाख १२ गते दिल्ली गएका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ३ : २६ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि