सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताएका छन्  ।

पार्टीका पोलिटब्युरो सदस्य देवशङ्कर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन गर्न आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गरे ।

समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा आएको निराशाले राजनीतिक व्यवस्थाप्रति खतरा रहेको बताउँदै उनले उनीहरूको  विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै उनले राजनीति सहज बनाउन तीनै तहका सरकारले यथाशीघ्र नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताए ।

उनले विमोचित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिँदै आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गरे ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ५ : १२ बजे

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित