रौतहट ट्राफिक प्रहरीद्वारा आठ दिनमा छ लाख बढी राजश्व संकलन « Khabarhub

रौतहट ट्राफिक प्रहरीद्वारा आठ दिनमा छ लाख बढी राजश्व संकलन


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौहट– रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले नियम विपरीत चलेका सवारी चलाकलाई कारबाही गरेर ८ दिनभित्र ६ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।

जेठ ९ गते देखि लिएर १७ गतेसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी नियम विपरीत चलेका सवारी चालकलाई कारबाही गरेको हो ।

ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारबाही गरेर जरिवाना स्वरूप ६ लाख ३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको  जिल्ला प्रहरी  रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छन् ।

पछिल्लो समय रौतहटस्थित ट्राफिक प्रहरीको सक्रियताले राजश्व संकलनमा वृद्धि हुनुका साथै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।

हाल जिल्ला सदरमुकाम गौर, गरुडा, सुकदेव चौक, बम नहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, मौलापुर, विजयपुरलगायत ग्रामीण भेगमा समेत ट्राफिक प्रहरी क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ६ : ०५ बजे

वीपी स्मृतिदेखि जयन्तीसम्म कांग्रेसले डिजिटल अभियान सञ्चालन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले वीपी स्मृति दिवस (साउन ६) देखि वीपी

‘जेन-जी विद्रोह नहुँदा पनि ०८४ मा कांग्रेस होइन, रास्वपा नै पहिलो पार्टी बन्थ्यो’

काठमाडौं- राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण खनालले गत भदौमा ‘जेन-जी विद्रोह’

काभा भलिबलमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं- पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ

प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू

जेरुसलेम- इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले