भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो प्रदर्शनी शुरु « Khabarhub

भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो प्रदर्शनी शुरु


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी शुरु भएको छ ।

भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुरु भएको प्रदर्शनीको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

प्रदर्शनीमा नेपाल भारत जर्मन बेल्जीयम नेदरल्याण्ड चीन अमेरिका टर्की मलेसिया सिंगापुर ताइवान इटली इजरायल र बग्लादेशका १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् ।

प्रदर्शनीमा आधुनिक प्रविधि गुणस्तरीय औषधी फिड सप्लिमेण्ट डेरी उद्योग पोल्ट्री उद्योग दाना ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायत सम्पूर्ण पशुपन्छी पालन प्रशोधन र बजारीकरण सम्बन्धी विभिन्न क्षेत्र समेटेर जानकारी लिन सकिने नेपाल पोल्ट्री महासघले जनाएको छ ।

प्रदर्शनी ३ दिन सम्म संचालन हुने छ । उक्त प्रदर्शनीमा पोल्ट्री पाठशाला पनि संचालन गरीएको छ । पाठशालामा विभिन्न देशका पोल्ट्री विज्ञहरूले पोल्ट्रीमा भइरहेको नवीनतम र अत्याधुनिक प्रविधि र यन्त्र बारे जानकारी गराउने छन् ।

उक्त अवसरमा भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले भरतपुरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीले भरतपुर भ्रमण बर्षलाई मद्दत पुगेको उल्लेख गर्दै प्रदर्शनीले शिथिल अवस्थामा रहेको व्यापार व्यवसाय चलायमान हुने बताइन्  ।

कार्यक्रममा नेपाल पोल्ट्री महासघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा नवीनतम अत्याधुनिक प्रविधि गरी पोल्ट्रीको ब्यवशायिक विकास गर्ने र आर्थिक क्रियाकलाप चलायमान गराउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरीएको बताए ।

प्रदर्शनी नेपाल पोल्ट्री महासघ र ईण्डीया पोल्ट्री ईक्युप्मेण्ट एशोसियसनको संयुक्त आयोजनामा भएको हो । प्रदर्शनीले पोल्ट्री व्यवसायी र पोल्ट्री व्यवसाय गर्न चाहने किसानहरूलाई अत्याधुनिक प्रविधि बारे जानकारी हुने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ६ : ३४ बजे

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।