रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार | Khabarhub Khabarhub

रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन – यहाँको इच्छाकामना गाउँपालिकामा रैथाने मौरी संरक्षणका लागि स्थानीय किसानलाई मौरीको आधुनिक घार वितरण गरिएको छ । काठको मादले घारमा मौरीपालन गर्दै आएका किसानलाई आधुनिक घार वितरण गरिएको हो ।

गाउँपालिका र सपना भिलेज सोसल इम्प्याक्टले आज संयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरेको छ । इच्छाकामना(२ घुर्केसका २० र सोही वडाकै काउलेका २० घरधुरीलाई पालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा मौरी घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानले घरको भित्ता, रूखको धोद्रो, काठको मादले घारमा मौरीपालन गर्दै आएका छन् । आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउने र मौरी संरक्षण गर्ने उद्देश्यले मौरी घार उपलब्ध गराएको उनले बताए । घारसँगै मौरीपालनका लागि आवश्यक औजारसमेत प्रदान गरिएको छ । सुपर घारसहित टोपी, पञ्जा, धुँवादानी, आधार चाका प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

सोही वडाको पर्यटकीयस्थल मायाटारको नजिक रहेका बस्तीहरुमा पर्यापर्यटनको विकासका लागि रैथाने मौरी संरक्षणको काम सुरु गरिएको हो । “मौरीसँगै मौरीको स्रोत संरक्षण गरेर रैथाने मौरी जोगाउनुपर्ने देखियो,” अध्यक्ष गिरीले भने, “व्यावसायिक मौरीपालनका लागि मात्र होइन रैथाने मौरी जोगाउन पनि घार दिएका हौँ ।”

उनका अनुसार मायाटार र आसपासका क्षेत्रमा चरीचरनका लागि चिउरी, लालीगुराँस, टाँकी, पड्के, रुदिलो, किम्बु, चिलाउने जस्ता वनस्पति मौरीपालनको स्रोतको रुपमा रहेको छ । विकट बस्तीमा उत्पादन भएको चिउरीको महको बजार राम्रो छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले रैथाने मौरीको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, पर्यापर्यटनको विकासका लागि मौरीको घार प्रदान गरिएको बताए । इच्छाकामनाका गाउँहरु पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको र यहाँ आउने पाहुनाहरुले स्थानीय रैथाने मौरीको मह मन पराउने गरेको उनले बताए ।

घार वितरणपूर्व सपना भिलेजले मौरीपालन गरिरहेका किसानलाई दुईदिने तालिम दिएको थियो । सपना भिलेजले कालिका नगरपालिकाको सिद्धिमा पनि २० घरधुरीलाई चार सय घार मौरी वितरण गरेको जनाएको छ । ४० लाख लगानी गरी नगरपालिकासँगको सहकार्यमा सपना भिलेज सोसल इम्प्याक्टले चेपाङहरुलाई घार वितरण गरिएको हो ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : १६ बजे

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन