सोरुका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

सोरुका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सबइन्जिनियर विक्रम बुढाले सम्झौताबमोजिम काम नहुँदासमेत बिल भुक्तानी गराएको आरोप लगाएको छ । उनीहरुविरुद्ध आयोगले रु १३ लाख ७२ हजार तीन सय ४० बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

आयोगले सडक निर्माण समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि समान बिगो दाबी गरेको छ । गाउँपालिकाका सदस्य एवम् अनुमगन समितिका संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन वडा अध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

कूल तीन सय ४८ दशमलव ४३ घनमिटर ढुङ्गा छापेर सडक निर्माण गर्नुपर्नेमा एक सय १८ दशमलव ९८ घनमिटर मात्रै काम गरेको आयोगले जनाएको छ ।गलत अनुगमन प्रतिवेदन दिन लगाई सोही प्रतिवेदनका आधारमा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आयोगले जनाएको छ ।

आयोगले आरोपीहरुविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै आज मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ९ : १९ बजे

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,

राष्ट्रियसभामा कृषिमन्त्रीको जवाफ- अहिलेसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसक्यो

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख