सुन्दरहरैचाका अधिकाशं पसल मापदण्डविपरीत सञ्चालन | Khabarhub Khabarhub

सुन्दरहरैचाका अधिकाशं पसल मापदण्डविपरीत सञ्चालन


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिकाका पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । अनुगमन टोलीले अधिकांश पसलहरुले समयमै नवीकरण नगरेको र कतिपय बिना दर्ता नै संचालन गरेको भेट्टाएको हो ।

सुन्दरहरैचा नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर नापतौल कार्यालय बिराटनगर, उद्योग वाणिज्य संघ सुन्दरहरैचा, उपभोक्ता संरक्षण लगायतको टोलीले शुक्रबार बजार अनुगमन गरेका थियो ।

अनुगमनका क्रममा सुन्दरहरैचा ८ स्थित सलकपुरमा नगर उपप्रमुख अंकली चौधरीसहितको टोली पुग्दा पसल सञ्चालकहरुको भागाभाग भएको थियो ।

अनुगमन टोलीले सलकपुरको आरसी कोल्ड सेन्टरमा बढी मात्रामा म्याद गुज्रेको खाद्यवस्तुमध्ये पेय पदार्थ कोका कोला,फ्यान्टा,डियु पेप्सी मेङ्ग्गो जुस भेटाएको थियो । यस्तै कार्की किराना एण्ड जेनेरल स्टोरमा पनि म्याद गुज्रेको विभिन्न सामाग्रीहरु भेटिएको उपप्रमुख चौधरीले जानकारी दिइन् ।

यसैगरी, गोठगाउँमा रहेको स्नेहा किराना पसलमा पनि ठूलो मात्रामा पेयपदार्थहरु म्याद गुज्रेको अवस्था भेटाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका बिरेन्द्र दासले जानकारी दिए । अनुगमन टोलीले सलकपुर र गोठगाउका विभिन्न पसलबाट सबैभन्दा बढी म्याद नाघेको खाद्यवस्तु बरामद गरेको छ ।

अनुगमन टोलीले बरामद गरेको खाद्यवस्तु नगरपालिकाको कार्यालय लगेर राखेको र हप्ता दिन भित्रमा सामना हेर्न नआए खाद्यवस्तुको मुचुल्का उठाई सकिएकाले डिस्पोज गरिने नगर उपप्रमुख चौधरीले बताईन।

बजार अनुगमनलाई निरन्तरता दिने, व्यापारीहरुले पनि म्याद नाघेको समान नराख्न र दर्ता नवीकरण तथा दर्ता नभएका पसलहरुलाई पनि समयमै दर्ता गर्न नगरपालिकाले आग्रह गरेको छ ।

मानव स्वास्थ्यलाई ध्यानमा राख्दै उनले उपभोक्ताहरुलाई पनि सामना खरिद गर्दा उत्पादक मिति हेरेर सामना लिन उपप्रमुखले आग्रह गरेकी छन् । उनले व्यापारीले समेत सामान खरीद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेर्नुपर्ने सुझाव दिईन् ।

के छ कानूनी व्यवस्था ?

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ५ को दफा २० को उपदफा १ मा वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवासायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था उल्लेख छ । तर यहाँका अधिकांश पसलमा यो व्यवस्था लागू भएको छैन ।

सोही ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १ ले उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।

सोही परिच्छेदको उपदफा २ को खण्ड (ङ) मा समेत मावन जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पुर्‍याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार ग्यारेण्टी गरेको छ ।

परिच्छदे ३ को दफा ११ खण्ड (घ) मा सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफूसँग रहेको मौज्दात वा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ । तर पनि अनुगमन टोली जाँदा कुनै पनि व्यापारी वा व्यवसायीले आफूसँग भएको गोदाम वा मौज्दात वस्तु उपलब्ध गराएनन् ।

-योगेन्द्र योगी

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ९ : ५३ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको