रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न | Khabarhub Khabarhub

रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट  – रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशाला सम्पन्न भएको छ। बिहीबार गौरको जिमार्ट् होटेलमा समुदायमा आधारित बाढी पूर्वसुचना प्रणाली दिगोपनको लागि सरोकारवालाहरुबीच सम्झौता तथा मनसुनजन्य विपद व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशाला कार्यक्रम समपन्न भएको हो।

माण्डवीद्धारा आयोजित तथा ईसिमोडको आर्थिक तथा प्राविधिक सहयोगमा रौतहट जिल्लामा एचआईग्रीड परियोजना अन्तर्गत आयोजित अन्तरकृया कार्यक्रमबिच विपत व्यवस्थापन सम्बन्धी छलफल र सम्झौता पश्चात कार्यक्रम समपन्न भएको आयोजक संस्थाकी अध्यक्ष अन्जु झाले जानकारी दिएकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादवले विपद् व्यवस्थापन लागि माण्डवीले देखाएको तत्परता र हार्दिकताको लागि आयोजक माण्डवीलाई धन्यावाद ज्ञापन गर्दै विपद व्यवस्थापन लागि आफुबाट हुने सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रौतहटको प्रमुख जिल्ला अधिकारी हिराला रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई समापन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले एचआई ग्रीड परियोजनाको महत्व बारे जानकारी गराउदै भविष्यमा यसको दिगोपनाका लागि हामी सबै सरोकारवालाहरु एकजुट भई लाग्नु पर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहट ,जिल्ला समन्वय समिति रौतहट ,गौर नगरपालिका ,ईशनाथ नगरपालिका ,राजपुर नगरपालिका ,परोहा नगरपालिका ,देवाहि गोनाहि नगरपालिका ,बौधीमाई नगरपालिका ,गुजरा नगरपालिका ,मौलापुर नगरपालिका ,कटहरिया नगरपालिका ,राजदेबी नगरपालिका,माधव नारायण नगरपालिका,यमुनामाई गाउँपालिका ,माण्डबी र अन्तरास्ट्रीय एकीकृत पर्वतिय बिकास केन्द्र (ईसिमोड)बीच लालबकैया नदि जलाधार क्षेत्रमा समुदायमा आधारित बाढि पूर्वसूचना प्रणालीको दिगो संचालनको लागि सम्झदारी पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा भएको सम्झौता अनुरुप सबै पालिकाले बजेट विनियोजन गर्नेमा सहभागी नगर प्रमुख, उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले प्रतिबद्धता र जोड दिएका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १० : २९ बजे

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा