आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार सन् २०२४ जुन १ तारिख। जेठ कृष्ण पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन संघर्षमय बन्नेछ। लगानीको उचित मूल्यांकन हुनेछ। बोल्नु अगाडि धेरै मानिसको हितलाई हेरेर बोल्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुने दिन छ। व्यापारमा फाइदा हुनेछ।

वृष : दिन रमाइलो छ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : खर्च बढ्ने समय छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। सामाजिक र पारिवारिक क्षेत्रबाट सहयोग मिल्नेछ। व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिमा संकट देखिन सक्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग प्राप्त होला।

सिंह : यात्रामा सचेत हुनुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता प्राप्त हुनेछ। ठुलो काम गर्नुपर्ने भए परिवारमा छलफल गर्नु राम्रो हुनेछ। व्यापारमा लाभ प्राप्त होला। सम्मान प्राप्त हुने योग छ।

कन्या : समय राम्रो छ। पारिवारिक भेट रमाइलो हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीबाट सकारात्मक साथ मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। साथीले प्रशंसा गर्ने योग छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ।

वृश्चिक : सोचेको काम बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

धनु : संघर्षमय दिन छ। कुरा काट्ने सक्रिय छन्। व्यवहार गर्दा सचेत हुनुपर्ने छ। पेट सम्बन्धी समस्याले सताउने देखिन्छ। कुनै अंश दान गर्नु तपाईंको लागि फाइदाजनक हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मकर : समय तपाईं अनुकुल रहनेछ। गुम्न लागेको धन हात लाग्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ प्राप्त हुनेछ। परिवाारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको भेट रमाइलो होला।

मीन : दिन राम्रो छ। बोलीको प्रभाव रहनेछ। आफ्नो इच्छा बमोजिमका क्षेत्रमा लगानी गरे फाइदा हुनेछ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ।। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ५ : १६ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा