जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ « Khabarhub

जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा मेला आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने उक्त मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको हो । मेलाको नेपाल उद्योग परिसङ्घले संयोजन गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलका अनुसार मेलामा रोजगारीसहितका कक्ष रहेका छन् ।

कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको उनको भनाइ छ ।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन् ।

कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन् । मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह थपिने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ११ : १२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका