जसपा महाधिवेशन : पदाधिकारी र सदस्यहरूको दस्तुर निर्धारण « Khabarhub

जसपा महाधिवेशन : पदाधिकारी र सदस्यहरूको दस्तुर निर्धारण


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनको दस्तुर निर्धारण गरिएको छ । जसपाका अनुसार निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई दस्तुर निर्धारण गरिएको हो ।

जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई सात हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारको लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको पार्टी नेताहरूको भनाइ छ । यस्तै, केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि तीन हजार रुपैयाँ शुल्क छ ।

जसपा नेपालको महाधिवेशन यही जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ ।

गत वैशाखमा अशोक राईले पार्टी विभाजन गरेपछि जसपाको महाधिवेशन समयमा नहुने धेरैले आंकलन गरेका थिए । तर अध्यक्ष उपेन्द्र यादव धमाधम महाधिवेशनको तयारीमा लागेको बताइरहेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ११ : ४५ बजे

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार

बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ ।