प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की  | Khabarhub Khabarhub

प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की 


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन् ।  शनिबार विराटनगरमा आयोजित सहकारी संस्थाहरू संचालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको बताए । 

वर्तमान समयमा सहकारीप्रति नकारात्मक धारणा बढिरहेको बताउँदै उनले त्यसलाई चिर्न सहकारीले उत्पादनमूलक काम गर्नुपर्ने बताए । 

‘सहकारी भनेपछि जे पनि गर्न्न मिल्ने चलन बस्यो ‘ उनले भने,  ‘गरिबी उत्थानको लागि खोलिएका सहकारी धनीले धन कमाउने अखडा जस्तो देखियो ।’

पैसा जम्मा गर्दा थोरैथोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउँदा सहकारी मात्र हैन बैंकले पनि फिर्ता दिन नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले  कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको बताए। 

कोशी प्रदेशका सहकारीको विकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उनले जोड दिए।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  २ : २२ बजे

कोशी नदी १० र बागमती ६ स्टेशनमा खतराको तहमाथि

काठमाडौं – मनसुन उत्तरार्धमा परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोका

भोटेकोशीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग सम्पर्क विच्छेद

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत भोटेकोशी नदीले सिन्धुपाल्चोकस्थित लार्चाको पुल बगाएको छ

मकवानपुरको सिस्नेरीमा ३० घर बगे, खानीखेतका २८ घर डुबानमा

मकवानपुर– अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका

सिरहामा बाढीले बगायो हुलाकी सडक

लहान – सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक

पहिरोका कारण तनहुँका विभिन्न सडक अवरुद्ध

तनहुँ– दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरो