बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता « Khabarhub

बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आज बनेपामा आयोजित ४२औँ साधारणसभामा उनले आगामी आवका निम्ति निर्धारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । 

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका  सम्भावना खोज्नुपर्ने बताए। 

उनले भने, ‘हाम्रो वरपरका विकासका ‘सम्भावनाका ढोका’ खोल्न सरकार प्रतिबद्ध छ,  नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवसायीका अधिकांश माग सम्बोधन भएका छन् ।’

विगतका नीति तथा कार्यक्रमबीच तालमेल नमिल्दा धेरै योजना ओझेलमा परेको उनले बताए । 

आन्तरिक, बाह्य तथा राजनीतिक कारणले देशको आर्थिक अवस्था केही सङ्कुचित भएको तर्क गर्दै मन्त्री भण्डारीले रोजगारी सृजनालाई नै केन्द्रमा राखेर काम गर्नु अहिलेको आवश्यकता भएको बताए । 

त्यस अवसरमा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले व्यवसायलाई गतिशील बनाउन सरकार र उद्यमी–व्यवसायीबी सहकार्य हुनुपर्छ भने।  वाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल उद्योग वाणिज्य महासङघका सदस्यद्वय सुरकृष्ण वैद्य र हेमराज ढकाल, सङ्घको वाग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठलगायत व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ४ : ०५ बजे

पाकिस्तानका साइम अयुबले लिए लगातार दुई विकेट, हार्दिक पाण्डया शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानका साइम

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा घट्यो

तेहरान – इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको

विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल