गोर्खा भर्ती स्थगन गर्न माग « Khabarhub

गोर्खा भर्ती स्थगन गर्न माग


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके-नेपालले ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको छ । 

बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आन्दोलनरत ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके-नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरूको मागका बारेमा नेपाल सरकारले बेलायतसँग कूटनीतिक पहल नगरेको भन्दै ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको हो ।

ब्रिटिस गोर्खामाथि भएको विभेदको अन्त्य, त्रिपक्षीय सन्धिको मर्म र भाव अनुसार समान पेन्सन, १९४७ को त्रिपक्षीय सन्धिको समय सापेक्ष परिमार्जन नभएसम्म ब्रिटिस सेनामा भर्तीप्रथा स्थगन वा रोक्नुपर्ने भएकाले सर्वोच्चमा रिट निवेदन गर्न बाध्य भएको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके-नेपालका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए। 

उनले ब्रिटिस गोर्खा भर्ती भएका नेपालीलाई दासको रुपमा हेरेको र सेवा सुविधामा बिभेद गरेको भन्दै सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको धारणा राखे ।

उनले यसअघि ६ पटक सरकारसँग भएको वार्ताबाट पनि कुनै सहमति नभएकाले बेलायतमा आमरण अनशन बस्ने घोषणा गरे । 

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ६ : २७ बजे

चोरी गरेको ६५ लाख रकमसहित एक युवक पक्राउ

दाङ– दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५

बालेन र रविमाथि एकसाथ खनिएका ओलीले गरे टोपबहादुरको बचाउ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका

रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि

एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियो पेस्तोल

काठमाडौं‍- ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा एउटा पेस्तोल

दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म