नेपालले कोलोम्बो प्लान अन्तर्गत सहयोग बढाउने « Khabarhub

नेपालले कोलोम्बो प्लान अन्तर्गत सहयोग बढाउने


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ । 

बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा अध्ययन गर्न एकजना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा बौद्ध दर्शन विषयमा अध्ययनको लागि समेत नेपाल सरकारका तर्फबाट ‘यूपी छात्रवृत्ति उपलब्ध गराउने ८ प्रतिबद्धता व्यक्त गरेका छन् । 

बैठकमा उपाध्यक्ष डा. श्रेष्ठले दक्षिण एशिया तथा दक्षिणपश्चिम एशिया उपक्षेत्रको समूह बैठक को अध्यक्षता गरेका थिए । बैठकले कोलोम्वी प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलोम्बो प्लान अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरू बारेमा छलफल गरेको थियो । 

पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानहले लागूपदार्थ विरुद्धको अभियान तथा महिला सशक्तिकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरि आएको छ । 

सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरू रहेको छन् भने सो संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ७ : २७ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको