राष्ट्रिय चेस च्याम्पियनसिप सुरु « Khabarhub

राष्ट्रिय चेस च्याम्पियनसिप सुरु


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप शनिबार सुरु भएको छ।

प्रतियोगिताको पहिलो दिन शनिबार सम्पन्न खुलातर्फको खेलमा नेपाल यूथ च्याम्पियन पुरुषोत्तम सिलवाल २ अङ्क सहित शीर्ष स्थानमा छन्। उनले पहिलो खेलमा राजीव कार्की तथा दोस्रो खेलमा क्षितिज भण्डारीलाई हराए।

राउन्ड रोविन प्रणालीमार्फत सुरु भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङकी शान्ति धिमाल, कास्कीकी पूजा भण्डारी र काठमाडौँकी रिया श्रेष्ठ २ अङ्कसहित शीर्ष स्थानमा छन्।

सिन्दिराले भक्तपुरकी श्रेया दुवाल र सुशीला गुरुङलाई हराइन्। शान्तिले नेसनल बी छनोटमा उत्कृष्ट प्रदर्शन गरी पहिलो स्थानमा रहेर छनोट भएकी राष्ट्रिय चेस च्याम्पियनसिप खेलिरहेकी झापाकी कृतिसारा अधिकारीलाई पहिलो चरणमा हराइन्।

दोस्रो चरणमा उनले श्रेया दुवाललाई हराइन्। त्यसैगरी रियाले झापाकी पुनम प्रसाईँ र विनीता कपालीलाई हराइन्। लुम्बिनी इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र वरिष्ठ सङ्गीतकार शम्भु जित बाँसकोटाले संयुक्त रूपमा प्रतियोगिताको सुरुवात गरेका थिए।

काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा २४ जेठसम्म चल्ने प्रतियोगितामा नेसनल बी बाट छनौट भएका खुला र महिलातर्फ ९-९ जना, २३ औँ नेसनल च्याम्पियनसिपका विजेता र उपविजेता महिला तथा पुरुषतर्फका समान ३–३ गरी २४ जना खेलाडी सहभागी छन्।

यस च्याम्पियनसिपबाट खुलातर्फ शीर्ष तीन जना र महिलातर्फ उत्कृष्ट चार गरी ७ जना खेलाडी हंगेरीको बुडापेस्टमा आगामी सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाडका लागि छनौट हुनेछन्।

नेपाल बुद्धिचाल महासङ्घका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार प्रतियोगिताको आर्थिक व्यवस्थापनका लागि भक्तपुरस्थित हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रालि, ओम क्वालिटी फाइबर ग्लास एन्ड ग्रील मेटल इण्ड प्रालि, काठमाडौं, प्रभु बैङ्क, ग्लोबल आइएमइ बैङ्क, नेपाल टेलिकम, रुक्मिणी टुर्स एन्ड ट्राभल्सको प्रायोजन गरेको छ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १० : १४ बजे

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत

संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन

काठमाडौं– नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री संसद्को नेता हुने भएकाले

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं– जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना