राष्ट्रिय चेस च्याम्पियनसिप सुरु | Khabarhub Khabarhub

राष्ट्रिय चेस च्याम्पियनसिप सुरु


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप शनिबार सुरु भएको छ।

प्रतियोगिताको पहिलो दिन शनिबार सम्पन्न खुलातर्फको खेलमा नेपाल यूथ च्याम्पियन पुरुषोत्तम सिलवाल २ अङ्क सहित शीर्ष स्थानमा छन्। उनले पहिलो खेलमा राजीव कार्की तथा दोस्रो खेलमा क्षितिज भण्डारीलाई हराए।

राउन्ड रोविन प्रणालीमार्फत सुरु भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङकी शान्ति धिमाल, कास्कीकी पूजा भण्डारी र काठमाडौँकी रिया श्रेष्ठ २ अङ्कसहित शीर्ष स्थानमा छन्।

सिन्दिराले भक्तपुरकी श्रेया दुवाल र सुशीला गुरुङलाई हराइन्। शान्तिले नेसनल बी छनोटमा उत्कृष्ट प्रदर्शन गरी पहिलो स्थानमा रहेर छनोट भएकी राष्ट्रिय चेस च्याम्पियनसिप खेलिरहेकी झापाकी कृतिसारा अधिकारीलाई पहिलो चरणमा हराइन्।

दोस्रो चरणमा उनले श्रेया दुवाललाई हराइन्। त्यसैगरी रियाले झापाकी पुनम प्रसाईँ र विनीता कपालीलाई हराइन्। लुम्बिनी इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र वरिष्ठ सङ्गीतकार शम्भु जित बाँसकोटाले संयुक्त रूपमा प्रतियोगिताको सुरुवात गरेका थिए।

काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा २४ जेठसम्म चल्ने प्रतियोगितामा नेसनल बी बाट छनौट भएका खुला र महिलातर्फ ९-९ जना, २३ औँ नेसनल च्याम्पियनसिपका विजेता र उपविजेता महिला तथा पुरुषतर्फका समान ३–३ गरी २४ जना खेलाडी सहभागी छन्।

यस च्याम्पियनसिपबाट खुलातर्फ शीर्ष तीन जना र महिलातर्फ उत्कृष्ट चार गरी ७ जना खेलाडी हंगेरीको बुडापेस्टमा आगामी सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाडका लागि छनौट हुनेछन्।

नेपाल बुद्धिचाल महासङ्घका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार प्रतियोगिताको आर्थिक व्यवस्थापनका लागि भक्तपुरस्थित हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रालि, ओम क्वालिटी फाइबर ग्लास एन्ड ग्रील मेटल इण्ड प्रालि, काठमाडौं, प्रभु बैङ्क, ग्लोबल आइएमइ बैङ्क, नेपाल टेलिकम, रुक्मिणी टुर्स एन्ड ट्राभल्सको प्रायोजन गरेको छ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १० : १४ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ