वैतेश्वरमा एक सय ४० वटा गोरेटो बाटो निर्माण | Khabarhub Khabarhub

वैतेश्वरमा एक सय ४० वटा गोरेटो बाटो निर्माण


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा एक सय ४० वटा पक्की गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६२ वटा सिडीसहितको पक्की गोरेटो बाटो निर्माण गरेको थियो । त्यसै गरी चालु आर्थिक वर्ष ८० वटा पक्की गोरेटो बाटो निर्माण गरेको हो  ।

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिकाको रोजगार कार्यक्रम अन्तर्गत उक्त पुरानो गोरेटोको स्तरोन्नति गर्दै सिडी सहित ढलान गरेको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।

गाउँपालिकाले हालसम्म करिब ९ किलोमिटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाको योजना शाखाले जनाएको छ।

चालु वर्षका एक सय ५५ योजना मध्ये ८० वटा गोरेटो बाटो,४७ वटा सडक,१७ वटा खानेपानी तथा सिँचाई,१२ वटा मन्दिर,गुम्बा,चर्च तथा पार्क,शैक्षिक सुधार तथा खेलमैदान १५, भवन तथा स्वास्थ्य चौकी १८ वटा गरी एक सय ९० वटा योजनाहरूको वर्गीकरण गरेको थियो।

जसमा एक सय ६६ योजना वितरण गरेकोमा एक सय ५५ वटा योजना सम्झौता भएर ६० प्रतिशतको भुक्तानी भैसकेको गाउँपालिकाको योजना शाखाले जनाएको छ।योजना सम्झौता प्रतिशत ९६ .३३ प्रतिशत रहेको पाइएको छ।

– सुवास बस्नेत 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १२ : १९ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म