वैतेश्वरमा एक सय ४० वटा गोरेटो बाटो निर्माण « Khabarhub

वैतेश्वरमा एक सय ४० वटा गोरेटो बाटो निर्माण


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा एक सय ४० वटा पक्की गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६२ वटा सिडीसहितको पक्की गोरेटो बाटो निर्माण गरेको थियो । त्यसै गरी चालु आर्थिक वर्ष ८० वटा पक्की गोरेटो बाटो निर्माण गरेको हो  ।

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिकाको रोजगार कार्यक्रम अन्तर्गत उक्त पुरानो गोरेटोको स्तरोन्नति गर्दै सिडी सहित ढलान गरेको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।

गाउँपालिकाले हालसम्म करिब ९ किलोमिटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाको योजना शाखाले जनाएको छ।

चालु वर्षका एक सय ५५ योजना मध्ये ८० वटा गोरेटो बाटो,४७ वटा सडक,१७ वटा खानेपानी तथा सिँचाई,१२ वटा मन्दिर,गुम्बा,चर्च तथा पार्क,शैक्षिक सुधार तथा खेलमैदान १५, भवन तथा स्वास्थ्य चौकी १८ वटा गरी एक सय ९० वटा योजनाहरूको वर्गीकरण गरेको थियो।

जसमा एक सय ६६ योजना वितरण गरेकोमा एक सय ५५ वटा योजना सम्झौता भएर ६० प्रतिशतको भुक्तानी भैसकेको गाउँपालिकाको योजना शाखाले जनाएको छ।योजना सम्झौता प्रतिशत ९६ .३३ प्रतिशत रहेको पाइएको छ।

– सुवास बस्नेत 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १२ : १९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण