सर्वोच्चले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा सुनाउने « Khabarhub

सर्वोच्चले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा सुनाउने


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दर्ता भ्रष्टाचार मुद्दाको फैसला आगामी साउन १३ गते दिने भएको छ।

न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेपछि १३ साउनमा फैसला सुनाउने गरी मिति तोकेको हो ।

जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।

उक्त मुद्दमा जोशीलाई विशेष अदालत भ्रष्टाचारी ठहर गरेको थियो । तर विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्चमा पुनरावेदन गरेका थिए।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते जोशीलाई भ्रष्टाचार दोषी मुद्दामा दोषी ठहर गरेको थियो।

उक्त फैसलासँगै जोशीको राजनीतिक जीवनमा पूर्णविराम लागेको थियो । जोशीले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यही बराबरको रकम जरिवाना हुने फैसला दिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।