विश्वकप छनोट खेल्ने नेपाली फुटबल टिमको घोषणा « Khabarhub

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टिमको घोषणा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।

नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।

युएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ । दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्ने भएको छ । दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि न्युट्रल भेन्यूको रुपमा साउदी अरबमा खेल्न लागेको हो ।

एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन् । जसमा यस अघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन् । त्यस्तै इन्जुरिका कारण अन्जन विष्ट भने टिममा रहेका छैनन् ।

नेपाली फुटबल टोली

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार ।
डिफेन्डरस् अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई ।
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा र आशिष राई ।
फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट र आयुश घलान ।

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : १२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले