विश्वकप छनोट खेल्ने फुटबल टोलीको बिदाइ « Khabarhub

विश्वकप छनोट खेल्ने फुटबल टोलीको बिदाइ


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण खेल्न जाने नेपाली राष्ट्रिय फुटवल टोलीलाई बिदाइ गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एन्फा पदाधिकारीहरुले नेपालको झण्डा हस्तान्तरण गरेर विश्वकप छनोट दोस्रो चरण अन्तर्गत युएई र यमनसँग हुने खेलका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले नेपाली टीमको तयारी राम्रो भएकाले अंक प्राप्तका लागि अबको खेल महत्वपूर्ण भएको बताए ।

अहिलेको टीमका सदस्यले देखाएको प्रदर्शन र तयारीले नतिजा राम्रो आउने उनको विश्वास छ । उनले होम ग्राउण्डमा खेल्न नपाउनु दुखद भएको बताए ।

त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलका लागि राम्रो तयारी भएको र टिममा धेरै सुधार देखिएको बताए ।

नेपालले यूएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ ।

यूएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो । एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेलका लागि अयोग्य ठहर गरेपछि नेपालले यूएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको हो ।

छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको अवे म्याच पनि साउदीमै हुँदैछ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

 

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ३१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल